काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्न प्रक्रिया सुरु गरेको छ। समयमा काम सम्पन्न नगरी ढिलासुस्ती गर्ने १८ कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने कुनै कारण भए सात दिनभित्र प्रमाणसहित लिखित स्पष्टीकरण दिन कार्यालयले सूचना जारी गरेको हो।
यसअघि नै ३० दिनभित्र लिखित स्पष्टीकरण माग गरिए पनि पेस नगरेकोले ताकेता गरिएको हो । अबको सात दिनभित्र पनि उचित स्पष्टीकरण नआए कालो सूचीमा राखिने कार्यालयले जनाएको छ ।
आयोजना अलपत्र पारेपछि विभिन्न सार्वजनिक निकायले ती कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरेका थिए ।