काठमाडौं। सडक विभाग अन्तर्गत सडक डिभिजन हेटौँडामा कार्यरत सब इन्जिनियर पवन भट्टराईलाई सेवाबाट बर्खास्त गरिएको छ । भविष्यमा सरकारी सेवाका निमित्त भट्टराई अयोग्य ठहरिने भन्दै विभागले बुधबार एक सूचना जारी गरी बर्खास्त गरेको जानकारी दिएको हो।
विभागको गत पुस १६ गतेको निर्णय अनुसार उनी भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको बताइएको छ ।
नेपाल इन्जिनियरिङ सेवा सिभिल समूहको हाइवे उपसमूह राजपत्राङ्कित प्रथम श्रेणीका इन्जिनियर भट्टराई निजामती सेवा ऐन २०४९ को दफा ६१ (२) (क) को कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (२) बमोजिम बर्खास्त गरिएको जानकारी दिइएको छ ।