काठमाडौं।जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडले जगदुल्लाअर्धजलाशययुक्तआयोजना (१०६मेगावाट) को निर्माण कार्यको बोलपत्र आह्वानको प्रक्रियालाई लिएर उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र आफ्नो कम्पनीको चरित्र हत्या गर्न खोजिएको बताएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजय सापकोटाले आज एक विज्ञप्ति जारी गरी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको जगदुल्ला जलविद्युत आयोजनाको निर्माण कार्यको बोलपत्र आह्वानको विषयलाई लिएर केही सञ्चार माध्यमले आफ्नो कम्पनी र उर्जा मन्त्रीको चरित्रहत्या गर्न खोजेको भन्दै ध्यानाकर्षण भएको बताएका हुन्।

“यस जगदुल्ला जलविद्युत आयोजना निर्माण प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरको ठेक्का आह्वान गर्नु पर्ने र उक्त स्तरको ठेक्का मूल्याङ्कन गर्नुपर्ने कार्य आँफैमा संवेदनशील विषय हो, ठेक्का मूल्याङ्कन क्रममा सार्वजनिक खरीद ऐन, कम्पनीको खरीद विनियमावली र स्टाण्र्डरविडिङ डकुमेन्टका आधारमा प्राप्त बोलपत्रहरुको मूल्याङ्न गरिएको अवस्था हो, उक्त ठेक्का प्रक्रियामा बोलपत्र दाखिला गर्ने बोलपत्रदाताहरुको बोलपत्र प्राविधिकरुपमा असफल भएकाले ठेक्का रद्द गरिएको स्पष्ट पार्न चाहन्छौँ,”–कम्पनीद्धारा जारी विज्ञप्तीमा भनिएको छ।
जगदुल्लाले आफ्नो कम्पनीको विषयसँग जोडेर मन्त्रीको समेत चरित्रहत्या गर्ने निहित उदेश्यका साथ विभिन्न सञ्चार माध्यममा प्रकाशित तथ्यहिन समाचार प्रकाशन भएको भन्दै आपत्ति जनाएको हो।
“यस कम्पनीको सञ्चालक समितिमा मन्त्रीज्यू संलग्न हुने कुनै कानूनी व्यवस्था छैन, साथै, मन्त्रालय र माननीयमन्त्रीज्यूको निर्देशन तथा सुझाव लिनुपर्ने बाध्यात्मक व्यवस्था समेत छैन, यस कम्पनीले आह्वान गरेको ठेक्का प्रक्रियामा माननीयमन्त्रीज्यूले कुनै चासो राख्नु भएको वा कुनै निर्देशन दिनुभएको छैन,”– विज्ञप्तीमा भनिएको छ।