काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर कम गर्न विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने बताएका हुन्।
उनले काठमाडौँ उपत्यकामा मात्रै विद्युतीय सवारी साधनको प्रयोग बढाउ नसके पनि जलवायु परिवर्तनका असर न्यूनीकरणमा ठूलो मद्दत हुने बताए ।
उनले जलवायु परिवर्तनले समग्र राष्ट्रमा नै ठूलो असर गरिरहेको बताए । उनले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ पग्लिरहेको र हिमाल नाङ्गो भएको बताए । उनले नेपालमा जलवायु परिवर्तनले निकै ठूलो समस्याका रूपमा आएको बताए ।