काठमाडौं। आठौँ म्याग्दी महोत्सव लक्षित गरी कालीगण्डकी नदीमा जलेश्वरदेखि दोभानसम्म छोटो दूरीको र्याफ्टिङ सञ्चालन गरिएको छ। नेपाल रिभर एक्सपोलर प्रालिसँगको सहकार्यमा जलयात्राका लागि बुधबारदेखि र्याफ्टिङ सञ्चालन गरिएको हो।
महोत्सवमा आउने दर्शक र पर्यटकहरूलाई थप मनोरञ्जनका लागि जलयात्रा सुरु गरिएको बताइएको छ।
बेनीस्थित जलेश्वरदेखि म्याग्दी र कालीगण्डकी नदीको दोभानसम्म प्रतिव्यक्ति आठ सय र बगरफाँटबाट दोभानसम्म छ सय शुल्कमा र्याफ्टिङ गर्न सकिने जनाइएको छ ।