काठमाडौं। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटी बनाउने योजना रहेको बताएका छन्। बिहीवार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा ललितपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै प्रमुख महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने योजनामा अघि बढिसकेको बताएका हुन्।
उनले स्मार्ट सिटी बनाउनका लागि कम्तीमा १० प्रतिशत खुला ठाउँको आवश्यकता रहेकोमा महानगरसँग तीन प्रतिशत मात्र खुला ठाउँ रहेकाले केही समस्या भएको बताए। उनले भने, ‘हामी ललितपुर महानगरलाई स्माट सिटी बनाउने योजनामा छौँ । तर स्मार्ट सिटी बनाउनका निमित्त कम्तीमा पनि १० प्रतिशत ठुला ठाउँको आवश्यकता छ । तर हामीसँग तीन प्रतिशत मात्र ओपन स्पेस छ । ओपन स्पेस नभएकै कारण अहिले मर्निङ वाक र इभनिङ वाक गर्न पाइँदैन ।’
प्रमुख महर्जनले महानगरलाई स्मार्ट सिटी बनाउनका लागि पोखरीहरूको पुनर्निर्माण सम्पन्न भइसकेको बताए । उनले वातावरणीय सुधार समेत महानगरको प्राथमिकतामा रहेको बताए ।