काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले मुलुकभित्रै विद्युतको माग बढाउने प्राधिकरणको अभियान सुरु गरेको छ। बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २५ वर्ष पुगेको अवसरमा आयोजित इप्पान इभी र्यालीमा सहभागी भएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकभित्रै विद्युतको माग बढाउने प्राधिकरणको अभियान रहेको जानकारी दिएका हुन्।
पछिल्लो समय ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद विक्री भएको बताउँदै उनले विद्युतीय सवारी साधनको प्रोमोशन विद्युतीय सवारी साधन किनेर मात्रै नहुने उल्लेख गरे । उनले देशभर विद्युतीय सवारी साधनको लागि आवश्यक संरचनाहरू बनाउन जरुरी रहेको बताए । सरकारले निजी क्षेत्रले ठुलो सहुलियतसहित प्रोत्साहन गरेको भन्दै ६ सय बढी चार्जिङ स्टेशनहरु निजी क्षेत्रले मात्रै बनाएको उनले उल्लेख गरे ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालमा उत्पादित विद्युतलाई मुलुकभित्रै खपत गर्न आवश्यक रहेको बताए । उनले विद्युत् उत्पादन वृद्धि भइरहेको भन्दै मुलुकभित्रै खपत बढाउन जरुरी रहेको उल्लेख गरे।