काठमाडौं। एनसेलले मानवसेवा आश्रमको भवन बनाउन १० लाख रुपैयाँ सहयोग गरेको छ। लमजुङको बेंसीसहर नगरपालिका–९ पाखाथोकमा निर्माणाधीन मानवसेवा आश्रम लमजुङको भवन निर्माणका लागि एनसेलले १० लाख रुपैयाँ सहयोग गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ र एनसेलका संस्थागत र नियमितता अधिकारी डिल्लीराम श्रेष्ठले आश्रम भवन निर्माणका अध्यक्ष मोहनबहादुर थापालाई १० लाख बराबरको चेक हस्तान्तरण गरे ।
आश्रमकी संयोजक अनिता अधिकारीले १० लाख रुपैयाँ बराबर एक कोठा सहयोगदाताको नाममा लेखिने अभियान रहेको र एनसेलको नाममा पनि एउटा कोठा निर्माण गरिने बताइन् ।
सञ्चारमन्त्री गुरुङले मानवसेवा नै सबैभन्दा ठुलो सेवा र धर्म रहेको बताए ।