काठमाडौं। लुम्बिनी विकास कोषले देवदह र रामग्रामबाट लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन गरेको छ। कोषले गत पुस ४ गतेदेखि सञ्चालन सुरु गरेको बससेवा सोमबारदेखि फेरि सञ्चालन गरेको हो।
साताको तीन दिन देवदह र तीन दिन बुद्धको अस्तुधातुस्थित रामग्रामबाट बिजुली बस सञ्चालन गर्नेगरी नयाँ रुट बनाइएको छ। देवदह शीतलनगरबाट मणिग्राम, भैरहवा बेलहिया विमानस्थल हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म सिधा विद्युतीय बस सेवा सुरु भएको कोषले जनाएको छ।
बहत्तर लुम्बिनी क्षेत्रको तीर्थयात्रुलाई सेवा दिनेगरी बिजुली बस सञ्चालनमा ल्याएको कोषले अहिले दानपेटिका राखेर निःशुल्क सेवा प्रदान गरिरहेको छ।