काठमाडौं। दार्चुलाको महाकाली नगरपालिका–५ ठड्याभीरमा एस्काभेटर पल्टिएको छ। शुक्रबार बिहान सडक माथिबाट सुख्खा पहिरो खस्दा सडक खनिरहेको एस्काभेटर पल्टिएर नदीमा खसेको हो।
एस्काभेटर दुर्घटनामा जेसीबीका चालक घाइते भएका छन्। पहिरोले एस्काभेटर खसालेको र चालक जाजरकोटको जुनीचाँदे गाउँपालिका–११ घर भएका २६ वर्षीय रेशम बुढामगर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले स्काभेटरमा पुरिएका चालकको सुरक्षाकर्मीले उद्दार गरेर जिल्ला अस्पताल पुर्याएका छन् ।