काठमाडौं। ताप्लेजुङको पाथीभरामा केबलकार निमार्णको विषयमा भएको झडपका क्रममा घाइते भएकाहरूको उपचार सरकारले गर्ने भएको छ। मंगलबार सिंहदरबारमा गृहमन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहितको बैठकले पाथीभरा झडपका घाइतेको उपचार गर्ने निर्णय गरेको हो।
बैठकले घटनाबारे थप बुझेर समाधानका लागि वार्ता समिति गठन गर्ने निर्णय समेत गरेको छ। छलफलमा प्रहरी महानिरीक्षक कुँवरले घटनाको पछिल्लो अवस्थाबारे ब्रिफिङ गरे । पाथीभरामा केबुलकार निर्माणको काम रोक्न स्थानीयले माग गर्दै आएका छन् । ‘नो केबुलकार समूह’ को नामबाट सोमबार प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको थियो ।
सोमबार केबुलकार निर्माणको विषयमा विवाद हुँदा प्रहरीले गोली चलाएको थियो । सो क्रममा दुई जना घाइते भएका छन्। त्यसैगरी भागदौडमा एक जना गम्भीर घाइते भएका छन्।