काठमाडौं। काठमाडौं महानगरपालिकाले सडक–पेटीमा निर्माण सामाग्री राख्ने एक जनालाई जरिवाना तिराएको छ। महानगरपालिकाले वडा नम्बर ५ का केशव श्रेष्ठलाई १५ हजार जरिवाना तिराएको हो।
श्रेष्ठले सडकमा निर्माण सामाग्री राखेर पैदलयात्रुलाई असहज बनाएको भन्दै आर्थिक जरिवाना तिराएको महानगर प्रहरीले जनाएको छ।