गोरखा। मनकामना र देवघाट जोड्ने गरी नेशनल र्याफ्टिङ म्याराथन प्रतियोगिता सुरु भएको छ। गण्डकी प्रदेश खेलकुद बिकास परिषदको आयोजनामा वुधवारबाट अल्ट्रा र्याफ्टिङ म्याराथन सुरु भएको हो।
गण्डकी गाउँपालिकाको भुम्लिचोक र चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङ जोड्ने त्रिशुली नदीबाट सुरु भएको र्याफ्टिङ चितवनको देवघाटस्थित नारायणी नदीमा पुगेर टुंगिने छ । आज सिमलताल पुगेर बास बसेको र भोली देवघाट पुगेर टुंगिने बताइएको छ।
प्रतियोगितामा ६ टिमको सहभागीता रहेको छ । गण्डकी प्रदेशबाट दुई टिम, नेपाली सेनाका दुई टिम र कोशी र वाग्तमी प्रदेशका एक/एक टिम प्रतियोगितामा सहभागी छन्।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमश ६० हजार, ४० हजार, २० हजार र १० हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाण पत्र पाउने छन् ।