काठमाडौं। ‘नो केबलकार समूह’ले सरकारसँगको वार्ताका लागि तीन प्रस्ताव अघि सारेका छन् । केबलकार निर्माणको काम रोकिनु पर्ने, सशस्त्र प्रहरीको टोली काफ्लेपाटी क्षेत्रबाट फर्काइनु पर्ने र पक्राउ परेका आफ्ना तीन कार्यकर्ता बिना सर्त रिहा हुनुपर्ने माग रहेको छ ।
यस्तै आन्दोलनकारीले दोस्रो दिन पनि मेची राजमार्ग र तमोर कोरिडोर बन्द कायमै राखेका छन् । राजमार्गको ठाउँ ठाउँमा बसेका कार्यकर्ताले मोटरसाइकलदेखि ट्याम्पो र अन्य सवारी चल्न दिएका छैनन् । जसका कारण अस्पताल जाने बिरामी र सर्वसाधारण नागरिक मारमा परेका छन् ।
कोशी प्रदेश सरकारले गठन गरेको राजनीतिक तथा शान्ति वार्ता समितिले मंगलबार औपचारिक वार्ताको लागि आव्हान गरेको छ । तर वार्ताको विषयमा आफूहरूलाई जानकारी नभएको र आधिकारिक सूचना पनि नआएको बताएका छन् । उनले प्रदेश सरकारसँग वार्ता गर्नुको खासै औचित्य नहुने पनि जनाए ।