काठमाडौं। पाथीभरामा केबलकार निर्माणको विरोधको क्रममा दमकमा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ। मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले गरेको विरोध प्रदर्शनका क्रममा झडप भएको हो।
समितिले अरुणपूर्वका ९ जिल्लामा आइतबार र सोमबार गरी दुई दिने बन्दको आह्वान गरेको छ। प्रत्यक्षदर्शीका अनुसार झडपका क्रममा प्रहरीले दुई राउन्ड हवाइ फायर गरेको छ।
बन्दकर्ताबाट प्रहरीमाथि ढुंगामुडा प्रहार भएपछि एक सेल अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिन खोजिएको प्रहरीको भनाइ छ। उनका अनुसार उग्र प्रदर्शन गरिरहेका चार जना बन्दकर्तालाई नियन्त्रणमा लिइएको छ।
पहिचान पक्षधरहरुले मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माण गर्न नहुने भन्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका छन्।