काठमाडौं। सरकारले सैनामैना नगरपालिका रुपन्देहीलाई सैनामैना फोहर व्यवस्थापन केन्द्र निर्माणको लागि वनको जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सैनामैना नगरपालिका रुपन्देहीलाई सैनामैना फोहर व्यवस्थापन केन्द्र निर्माणको लागि रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं १० मा रहेको राष्ट्रिय वनको ३.५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो।
त्यसैगरी बैठकले बालसुधार गृह भक्तपुर, मोरङ, कास्की र बाँकेको सञ्चालन र व्यवस्थापनको तथा ज्येष्ठ नागरिक लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप नेपाल) बीच भएको सम्झौताको अवधि २०८२ साल असार मसान्तसम्मको लागि थप गर्ने निर्णय गरेको छ।
बैठकले भेरी पम्पिङ्ग उपआयोजना निर्माणको लागि सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा नं। ८, ११ र १२ तथा लेकवेसी नगरपालिका वडा नं। १० मा रहेको राष्ट्रिय वनको ३।२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने भएको छ।