काठमाडौं। यात्रुवाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा दुर्घटना हुँदा मोटरसाइकलमा सवार २२ वर्षीय जीवन राईको मृत्यु भएको हो।
राईको मृत्यु भएपछि मृतकका आफन्तले त्रिशूली–काठमाडौं सडकखण्ड अवरोध गरेका थियो ।
गल्छिबाट त्रिशूलीतर्फ जाँदै गरेको बा.३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा। ५८ प २८०४ नम्बरको मोटरसाइकल बुधबार दिउँसो पौने २ बजे एक आपसमा ठोक्किएको थियो ।
विपरीत दिशाबाट आइरहेको मोटरसाइकल जोगाउन खोज्दा एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बेलकोटगढी नगरपालिका–७ बस्ने मोतीराम राईका छोरा जीवनको उपचारका लागि अस्पताल पुर्याएपछि निधन भएको प्रहरीले जनाएको छ ।