रुपन्देही । रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा शनिबारदेखि फ्लड लाइट जडान हुँदैछ । शुक्रबार बिहान बुटवलमा पत्रकार सम्मेलन गरी स्टेडियमका निर्देशक विनोद कुँवरले शनिबारदेखि लाइट जडान हुने जानकारी दिएका हुन्।
करिब ७ करोड लागतमा ५ वटा फ्लड लाइट जडान गर्न लागिएको हो । यो फ्लड लाइट नेपालमै पहिलो हो। २०८० साल जेठ २९ गते शिलान्यास भई ०८० फागुनमै खेल्न योग्य मैदान तयार भएर फागुन २८ मा मैदानको उद्घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना भएको थियो । अबको एक महिनाभित्र फ्लड लाइट पूर्ण रुपमा जडान गरी परीक्षण गरिने बताइएको छ ।
नेट प्राक्टिसका लागि पनि पिच अन्तिम चरणमा रहेको स्टेडियमका निर्देशक सूर्य कुँवरले बताए । चार तलाको २ वटा भवन भीआईपी बक्स प्लेयर बक्स , चेजिंग रुम र मिडिया बक्स निर्माण अन्तिम चरणमा पुगेको उनले बताए ।