काठमाडौं। सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीबाट चौथो तलाका तीनवटा कोठामा क्षति भएको छ ।प्रहरीका अनुसार आगलागीबाट मन्त्रालयका तीनवटा कोठामा रहेको भौतिक संरचनामा क्षति भएको हो।
साथै त्यहाँ रहेका कागजातसमेत जलेर ध्वस्त भएको प्रहरीको भनाइ छ ।
खानेपानी मन्त्रालयको चौथो तलामा बिहान साढे ८ बजेको समयमा आगलागी भएको थियो । बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको छ। आगलागी १५ मिनेटको प्रयासमा नियन्त्रणमा आएको थियो ।