ताप्लेजुङ। केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रुख कटान गरेको छ। सरकारी प्रतिनिधि र नो केबलकार समूहद्वारा गठित समन्वय समितिको वार्ता भाँडिएपछि बुधबार बिहान बटम स्टेसन माथिका रुखहरु कटान गरेको हो।
बुधबार रुखहरु कटानको काम १७ प्रतिशत कटान सकिएको र अब बटम स्टेसन आसपासका केही रुख मात्रै बाँकी रहेको बताइएको छ। यसअघि ८० प्रतिशत रुख कटान गरिएको थियो।
वार्ता समितिले गरेको ६ बुँदे सहमतिमा बटम स्टेसन माथिको काम नगर्ने उल्लेख थियो । तर आन्दोलनरत समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेपछि रुख कटान गरिएको कम्पनीका प्रतिनिधिले बताएका छन् ।