काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढीले भत्काएका आयोजना पुनर्निर्माणमा ढिलाइ भएको स्वीकार गरेका छन् ।
शुक्रबार मन्त्रालयमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै मन्त्री दाहालले चालू बाढीले भत्काएका आयोजना पुनर्निर्माणमा ढिला भएको स्वीकार गरेका हुन्।
मन्त्री दाहालले आर्थिक वर्षको माघ मसान्तसम्म गरिएका कामको विवरण प्रस्तुत गर्दै सडक निर्माणले पनि गति लिन नसकेको बताए। उनले देशको समग्र परिस्थितिका कारण सरकारले सडक निर्माणलाई गति दिन नसकेको बताए । मन्त्री दाहालले माघ मसान्तसम्म दुई लेनको २ सय ४६ किलोमिटर र दुई लेनमाथिको ३०.५८ किलोमिटर सडक निर्माण गरेको जानकारी दिए ।
सरकारले सबै कामलाई गति दिन अध्यादेश ल्याएको भन्दै अध्यादेशको विरोध भएकोमा असन्तुष्टि जनाए ।