चितवन। नारायणी नदी नियन्त्रणका लागि तटबन्धन निर्माणको काम भइरहेको छ । दुई अर्ब १९ करोड रुपियाँको लागतमा नारायणगढको नारायणी नदी किनारमा आकर्षक पार्कसहितको तटबन्धन निर्माण भइरहेको हो ।
नारायणी नदीले चितवनको मङ्गलपुर, गुञ्जनगर, मेघौलीलगायतको क्षेत्रमा जमिन कटान गरेर बस्ती जोखिममा पार्दै आएको थियो । बर्षातको समयमा नारायणी नदीले खेतीयोग्य जमिन कटान गर्दै मानव बस्तीमा प्रवेश गर्न थालेपछि तटबन्धनको माग वर्षौंदेखि हुँदै आएको थियो ।

