काठमाडौं। प्रतिनिधिसभा बैठकमा आज सांसदहरुले पाथीभरा क्षेत्रमा केबलकार निर्माण कार्य तत्काल रोक्नुपर्ने माग राखेका छन्। प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आज सांसदहरुले जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न माग गरेका हुन्।
सांसद तोसिमा कार्कीले केबलकार निर्माण विवादरहित बनाउनुपर्ने बताइन । उनले सरकारले बल प्रयोग गरेर नभई वार्ताबाट समाधान खोज्नुपर्नेमा जोड दिइन। उनले केबलकार निर्माण कार्य तत्काल स्थगन गरेर सरोकारवाला सबैसँग संवाद गरेर समाधान गर्न सरकारसँग आग्रह गरिन्।
त्यसैगरी सांसद योगेश भट्टराईले ताप्लेजुङ् जिल्लास्थित पाथीभरा मुकुम्लुङ क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर केही दिनदेखि तनाव सिर्जना भइरहेको बताउँदै केबलकार बनाउने उचित हो वा होइन वार्ता र संवादबाट टुङ्ग्याउनुपर्ने उल्लेख गरे।
बैठकमा सांसद राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना बुझ्न नखोज्दा पाथीभरा रणमैदानमा परिणत भएको उल्लेख गर्दै एक व्यापारीको स्वार्थपूर्ति गर्न समाजमा जनता लडाउने काम भएको बताए। उनले जनताको इच्छाविपरीत राज्यशक्ति लगाएर निर्माण अघि काम बढिरहेको बताउँदै जनताले उक्त धार्मिक स्थलमा केबलकार नचाहेको र प्रतिकारमा उत्रिएको बताए।
र्नुभयो।