काठमाडौं। लमजुङमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ। आज बिहान ९ बजेर ११ मिनेटमा मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित खुदीखोला आसपास केन्द्रबिन्दु भएर ३ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको हो।
मर्स्याङ्दी गाउँपालिका र सदरमुकाम बेंसीसहर वरपर भूकम्पको छोटो तर कडा झड्का महसुस भएको थियो । भूकम्पबाट कुनै पनि मानविय क्षति भएको छैन भने भौतिक क्षतिको विवरण आउन बाँकी छ। भूकम्पको धक्काबाट स्थानीय भने तर्सित बनेका थिए।
यसअघि पनि मर्स्याङ्दी गाउँपालिकाको भुलभुले, सिम्पानी, बाहुनडाँडा केन्द्रबिन्दु भएर पटक पटक भूकम्प गएका छन् ।