काठमाडौं। बाराको करैया माई गाउँपालिकामा दुई विद्यालय भवन बनाइने भएको छ। करैया माई–५ तेत्रीयामा श्री जनता मावि विद्यालय भवन र करैया माई–७ उमाजनमा श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय भवन निर्माण हुुने भएको हो।
करैया माई गाउँपालिका कार्यपालिकाको कार्यालय करैया बाराले सो भवनहरु निर्माण गर्न लागेको हो। शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै विद्यालय भवन निर्माणको योजनालाई अघि बढाइएको हो। पालिकामा नै विद्यालय भवा निर्माण गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ। त्यसैले विद्यालय भवन निर्माणको लागि गाउँपालिकाले ठेक्का आह्वान गरेको छ।
यस कार्यले जिल्लाकै शैक्षिक क्षेत्रको विकासमा पनि टेवा पुग्ने भएको छ। यी दुई विद्यालय भवन बनाउनको लागि करिब ८७ लाख लागत लाग्ने अनुमान गरिएको छ।