काठमाडौं। कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माणको काम भएको छ। त्रिवि क्रिकेट मैदानमा पूजाआजा गरी निर्माण सामग्रीहरू तयार पारेर काम सुरु गरिएको हो।
आगामी वैशाख अन्तिम सातासम्म काम सक्ने गरी तयारी गरिएको बताइएको छ। त्यसका लागि आवश्यकता अनुसार सिफ्टहरू बनाइने बताइएको छ।
प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाखको बोलपत्र स्वीकृत भएको छ । प्यारापिट निर्माणको ठेक्का काठमाडौंको टङ्गालमा रहेको BKOI-KCDC-BG जेभीले पाएको छ ।
त्यस्तै फ्लडलाइट जडानको ठेक्का ललितपुरको गुसिंगलस्थित विशाण/ईश्वरी जोइन्ट भेन्चरले पाएको बताइएको छ।