काठमाडौं। काठमाडौंको शंकरापुर नगरपालिका–६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिपर पसेको छ। द्वन्द्वपीडित तथा अपांग समाज नेपालले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान ३ः४० बजे बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको हो।
टिपरको ठक्करबाट उक्त आश्रयस्थलमा बस्ने दुई बच्चा र एक वृद्धको मृत्यु भएको छ। घटनामा दुई बालकको घटनास्थलमा र वृद्धको उपचारका क्रममा अस्पतालमा निधन भएको बताइएको छ।
टिपर चालक सिन्धुपाल्चोकका २५वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने टिपरलाई डोजरको सहायतामा बाहिर निकालिएको प्रहरीले जनाएको छ
प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।