सुनसरी। दुहबी नगरपालिकाले ६ लेन सडक विस्तार आयोजना क्षेत्राधिकारभित्र पर्ने संरचना हटाउन डोजर चलाएको छ। स्थानीयले उक्त संरचना हटाउन अटेर गरेपछि नगरपालिकाले बिहीबार सडक विभाग, ६ लेन सडक विस्तार आयोजना कार्यालयको समन्वयमा डोजर चलाएको हो
दुहबी नगर प्रमुख बेदनारायण गच्छदार नेतृत्वको टोलीले ठूलो संख्यामा प्रहरी परिचालन गरी मुख्य राजमार्ग आसपासका क्षेत्रमा सडक क्षेत्राधिकारभित्र पर्ने संरचनामा डोजर चलाएको हो । रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाअन्तर्गत दुहबीको मुख्य बजारमा काम अलपत्र परेपछि नगरपालिका र सडक आयोजना कार्यलयले पटक/पटक सूचना जारी गरी संरचना हटाउन आग्रह गर्दै आएको थियो ।
पछिल्लो समय संरचना भत्काउन जारी गरेको ३० दिनको सूचनाको म्याद बुधबार सकिएकोले बिहीबारबाट डोजर चलाउनुपरेको नगरप्रमुख गच्छदारले बताए । बिहीबार सडक क्षेत्रभित्र परेका करिब ५० घरहरु डोजर लगाएर भत्काइएको छ ।