काठमाडौं। म्याग्दीमा आज बिहान भूकम्प गएको छ। आज बिहान करिब ३ बजे ४ म्याग्निच्युडको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार म्याग्दी जिल्लाको मुरी क्षेत्रलाई केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पबाट के कस्तो क्षति भयो भन्ने विवरण आउन बाँकी छ।