काठमाडौं। क्रिप्टोकारोबारमा संलग्न ७ जना भारतीय नागरिक काठमाडौंमा पक्राउ परेका छन्। प्रहरीका अनुसार बिहीबार फर्पिङ चेकपोष्टबाट पक्राउ परेका उनीहरू क्रिप्टोकारोबारमा संलग्न रहेको खुलेको हो।
पक्राउ पर्नेमा राजस्थान घर भएका २१ वर्षीय अजय सैनी, १८ वर्षीय हिमान्सु सैनी, २६ वर्षीय अंकित सैनी, १९ वर्षका आर्यन सैनी, २० वर्षीय अभिषेक सैनी, १८ वर्षीय बिरेन्द्र गुजर र ४२ वर्षीय उमाशंकर शर्मा छन् ।
आरोपीहरूको साथबाट ३२ थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
मोबाइल चेकजाँच गर्दा उनीहरुले १ करोड ८९ लाख बराबरको क्रिप्टो कारोबार गरेको भेटिएको छ । बरामद मोबाइल परीक्षणको लागि डिजिटल फरेन्सिक ल्याबमा पठाइने बताइएको छ।