काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले घिमिरेलाई आगामी ४ वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)मा कार्यरत घिमिरेलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने भएको हो । हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको ४ र४ वर्षको २ कार्यकाल पूरा गरि यही फागुन मसान्तमा सकिँदैछ ।
बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन ९वाफिया० को व्यवस्था अनुसार एउटै व्यक्तिलाई २ कार्यकाल भन्दा बढी प्रमुख कार्यकारी अधिकृत बनाउन पाइँदैन ।
सुनिल केसीले २ कार्यकाल पूरा गरेर बिदा हुने भएपछि घिमिरेलाई बैंकले सिइओमा नियुक्त गरेको हो ।