काठमाडौं। काभ्रेको पनौती नगरपालिकामा सञ्चालित तीनवटा खानी उद्योग सञ्चालनमा रोक लगाइएको छ । पनौती नगरपालिकाले बिहीबार सूचना जारी गर्दै सञ्चालन गर्न रोक लगाइएको जानकारी गराएको हो ।
पनौती–२ मा सञ्चालित डायमन्ड स्टोन माइनिङ प्रालि, वडा नं १२ मा सञ्चालित भालेश्वर रोडाढुंगा उद्योग प्रालि र वडा नं १२ मा सञ्चालित दीपलक्षमी एग्रिगेट एन्ड माइनिङ प्रालिलाई सञ्चालनमा रोक लगाइएको पनौती नगरपालिकाले जनाएको छ।
निर्माणमुखी रोडाढुंगा उद्योगहरुको खानी तथा भूगर्भ विभागबाट जारी उत्खनन अविध समाप्त भइसकेको र पटकपटक ताकेता गर्दा समेत बन्द गरेको नदेखिएकाले ती उद्योग बन्द गर्ने नगरपालिकाले निर्णय लिएको सूचनामा उल्लेख गरिएको छ।