ताप्लेजुङ। माथिल्लो काबेली जलविद्युत् आयोजनामा कार्यरत एक कर्मचारी मृत फेला परेका छन्।
सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ४७ वर्षीय धनप्रसाद भण्डारी सिरिजङ्गा–५ पेदाङको मुक्तुरा भीरको फेदमा रहेको काबेली खोलामा मृत अवस्थामा भेटिएका हुन्।
खोलामा ढुंगाको चेपमा अड्किएको अवस्थामा भण्डारीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। शुक्रबार बिहान जलविद्युत् आयोजनामा काम गर्न गएका भण्डारी बेलुकासम्म नफर्किएपछि परिवारले खोजी गरेका थिए ।
स्थानीयले खोलाभित्र शव देखेपछि इलाका प्रहरी कार्यालय तेल्लोकमा खबर गरेको प्रहरीले जनाएको छ । उनको भीरबाट लडेर मृत्यु भएको प्रहरीको अनुमान छ ।