काठमाडौं। मनाङमा पहिलो पटक सार्वजनिक यातायातका रूपमा बस सञ्चालन हुने भएको छ। प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको संयोजकत्वमा आइतबार बसेको समन्वयात्मक बैठकले सार्वजनिक बस सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकले सार्वजनिक बस सेवा व्यवस्थित, सुलभ र सरल बनाउँदै स्थानीय बासिन्दा, पर्यटक तथा सरकारी कर्मचारीलाई सहुलियतपूर्ण तथा सहज रूपमा यात्रा सुनिश्चित गर्ने निष्कर्षसहित बस सेवा सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ। मनाङमा हालसम्म यात्रुका लागि मुख्य रूपमा पिकअप जिप मात्र सञ्चालन हुँदै आएको छ जसमा यात्रुले महसंगो भागा तिर्दै आएका छन्।
सार्वजनिक बस सञ्चालन भएसँगै यातायात व्यवस्थापनमा उल्लेखनीय सुधार आउने, यात्रुहरूले उचित भाडामा सहज यात्रा गर्न सक्ने र मालसामान ढुवानीसमेतमा सहजता कायम हुने विश्वास गरिएको छ ।