काठमाडौं। उदयपुरको चन्द्रावती माध्यमिक विद्यालयको नयाँ भवन निर्माण गरिएको छ। जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्टअन्तर्गत लेखानी गाउँपालिकास्थित चन्द्रावती माध्यमिक विद्यालयको भवन निर्माण गरिएको हो।
नवनिर्मित उक्त भवन जापानका राजदूत तोरु मायदाले विद्यालयलाई हस्तान्तरण गरेका छन्। ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्टको करिब ८५ लाख लागतमा निर्माण गरिएको दुई वटा भवन शौचालयसहितको सुविधासम्पन्न छ।
यसअघिसम्म उक्त विद्यालयका विद्यार्थी धेरै पुरानो भवनमा अध्ययन गर्दै आएका थिए।