काठमाडौं। अछामको मंगलसेन गनरपालिकामा माटोको ढिस्कोले पुरिएर देउरानी जेठानीको मृत्यु भएको छ। मंगलसेन–९ पान्लिभिडमा चैतेदसैंका लागि घर लिपपोत गर्नका लागि माटो ल्याउन गएका एकैघरका देउरानी जेठानीको मृत्यु भएको हो।
मृत्यु हुनेमा मंगलसेन–८ घर भएका २७ वर्षीया जेठानी देउरुपा बोहरा र २३ वर्षीया देउरानी बिनिता बोहरा रहेको प्रहरीले जनाएको छ। उनीहरू दिउँसो माटो खन्ने क्रममा ढिस्को खसेर पुरिएको र मृत्यु भएको प्रहरीले जनाएको छ।