धनुषा। धनुषाको धनुषाधाम नगरपालिकामा बस दुर्घटना भएको छ। जनकपुरधामबाट सिरहाको लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक दुर्घटना भएको छ।
१५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी भएर फर्किएका मानिस चढेको बस पल्टिएर दुर्घटना भएको हो। दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन्। उनीहरुलाई ६ वटा एम्बुलेन्समा उपचारका लागि अस्पताल लगिएको छ। अहिले घाइतेहरुको उपचार भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।