काठमाडौं। रघुगंगा जलविद्युतमा काम गर्ने क्रममा रघुगंगा गाउँपालिका–४ बुकलमा गाडी दुर्घटना भएको छ। रघुगंगा जलविद्युतमा काम गर्ने जेपी कम्पनिको जिपि२ए ७०८८३ नम्बरको गाडी दुर्घटना भएको हो।
गाडी दुर्घटना हुँदा बेनी नगरपालिका–२ खबराका ४२ वर्षीय हेमबहादुर घिमिरेको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार गाडीमा रहेका चालकको दुर्घटनाबाट मृत्यु भएको हो ।
मृतकको शव पोस्टमार्टमका लागि बेनी अस्पतालमा राखिएको छ ।