उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका आगोलागी भएर तीन वटा घर जलेको छ। चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ स्थित कल्याण चोकमा आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका हुन्।
सरन राईको घरमा विद्युत सर्ट भएर सल्केको आगोबाट स्थानीय कालुमान राई र सवर्द्धन राईसमेतको घर पूर्णरुपले जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगोलागीबाट सिमेन्ट, काठ र टिनले बनेको दुईतले तीनवटा घर जलेर नष्ट भएको छ। आगलागीबाट करिब एक करोडको धनमाल जलेर खरानी भएको अनुमान गरिएको छ।
हावाहुरी सँगै सल्केको आगो स्थानीय चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका, सप्तरी जिल्ला स्थित कञ्चनरुप नगरपालिकाको दमकल, स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीसमेको टोतीले अढाई घण्टा पछि नियन्त्रणमा लिएको छ।