काठमाडौं। आज ललितपुरका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने जानकारी दिएको हो ।
प्राधिकरणले पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुन्डोल, पुरानो मन्त्री क्वाटर, सम्झिखेल, अरूण थापा चोक क्षेत्रमा आज दिउँसो १२ देखि २ बजेसम्म लाइन काटिने छ । पाटनको एक सय ३२ केभी सबस्टेशनको प्राविधिक कामका लागि लाइन काटिन लागेको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।