काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा भागिरथ सापकोटा चयन भएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट सापकोटा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।
उपाध्यक्षमा सुवर्ण श्रेष्ठ र शोभा गुरुङ, महासचिवमा बालकृष्ण शिवाकोटी, उपमहासचिवमा प्रकाश पौडेल, सचिवहरूमा डोलनाथ खनान, गोपाल खनाल, सरोज यादव र रामराजा श्रेष्ठ निर्वाचित भएका छन् ।
९९ सदस्यीय केन्द्रीय कमिटी पनि सर्वसम्मत भएको छ।
नेपाल उद्योग तथा व्यवसायी महासंघको महाधिवेशन उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।
एमाले पार्टीसँग नजिक रहेका देशभरका उद्योगी व्यवसायीहरू यस महासंघमा आवद्ध छन् । महासंघको ६५ जिल्लामा जिल्ला संघ र १२० नगरमा नगर संघको सञ्जाल रहेको छ ।