काठमाडौं। एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अमेरिकी सरकारले अनुमति प्रदान गरेको छ।
संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला अमेरिकी सरकारले एमसीसीका केही परियोजना अघि बढाउन अनुमति दिएको हो।।
अमेरिकी सरकारले दिएको यो अनुमतिले समीक्षाबाट निस्किने कुनै निश्चित परिणामप्रति भने सङ्केत नगर्ने बताइएको छ ।
अगाडि बढाउन अनुमति दिइएका कार्यहरूमा महत्त्वपूर्ण खरिद कार्यहरू र कार्यालय सञ्चालनसम्बन्धी आवश्यक कार्यहरू रहेका छन् । कामहरूको पुनः थालनीका लागि व्यवस्थापन गरिरहेको एमसीए–नेपालले बताएको छ ।