काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। शाक्य यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक भइसकेका थिए । पछि उनलाई हटाएर कुलमानलाई नै कार्यकारी निर्देशक बनाइएको थियो ।
उनी विगतमा प्रसारण लाइनको गुरुयोजना, विद्युत माग प्रक्षेपणलगायतका कामका सक्रिय थिए ।