काठमाडौं। सरकारले शान्तिनगर–प्रतापपुर सडकखण्ड निर्माणको लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रीपरिषदको बैठकले मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयलाई शान्तिनगर–प्रतापपुर सडकखण्ड निर्माणको लागि राष्ट्रिय वनको ७.७६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो।
त्यसैगरी बैठकले मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयलाई बारफालाङ्गफेदी झटारे–शान्तिनगर सडकखण्ड निर्माणको लागि राष्ट्रिय वनको ४.५५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ।
त्यस्तै सरकारले मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयलाई गेरुवा सुखानी साहदत स्थल–बारफालाङ्ङ्गफेदी सडकखण्ड निर्माणको लागि राष्ट्रिय बनको २.२१ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने भएको छ।