काठमाडौं। लामो समयदेखि बन्द हेटौंडा सिमेन्ट उद्योग यहि चैतबाटै सञ्चालनमा आउने भएको छ। हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने भएको हो।
स्थापनाकालमा जडान गरिएको मेसिन बारम्बार बिग्रिँदै आएका कारण पटक पटक हेटौंडा सिमेन्ट उद्याग बन्द हुँदै आएको थियो। पछिल्लो समय गत असोजदेखि बन्द रहेको उद्योगको मेसिनको मर्मत सम्भार सकिएको र तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत भएपछि उत्पादन सुरु गर्ने तयारी भइरहेको बताइएको छ। उद्योग बन्द हुँदा कर्मचारीले विगत तीन महिनादेखि तलब भत्ता समेत पाउन सकेका छैनन् ।
उक्त उद्योगले विसं २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । तर आर्थिक समस्यालगायतका कारण उद्योग बन्द भएको थियो । एक पछि अर्को समस्यासँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगले गत २०८१ भदौ महिनाको तेश्रो साताबाट पुनःसिमेन्ट उत्पादन सुरु गरेपनि मेसिन मर्मत गर्नुपर्ने भएपछि असोज १५ गतेदेखि उद्योग बन्द भएको थियो ।