काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान बर्खास्तीविरुद्धको आन्दोलनलाई लक्षित गर्दै त्यसको केही अर्थ नभएको बताएका छन् । राजधानीमा काङ्ग्रेस नेता सुजाता कोइरालाको आत्मकथा ‘म र सानोबुबा’ विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिले इस्यु पाएको र तिललाई पहाड बनाएको भन्दै त्यसको अर्थ नभएको दाबी गरेका हुन्।
प्रधानमन्त्री ओलीले अघिल्लो सरकारले हितेन्द्र शाक्यलाई निकम्मा बनाएर सरुवा भनेर अन्त पुर्याएको र अहिले आफूले उनलाई सहि ठाउँमा ल्याएको दाबी समेत गरे। प्रधानमन्त्री ओलीले भने, ‘सरकारले बाहिरबाट ल्याएको होइन । त्यहीँको मान्छेलाई नियुक्त गरेको हो । अघिल्लो सरकारले उहाँलाई (हितेन्द्र शाक्य)लाई निकम्मा बनाएर सरुवा भनेर अन्त पुर्याएको थियो । सरकारले उहाँलाई फेरि ल्याएको हो । वर्षौँदेखि लगाएर गरेको कामलाई जादु चमत्कार भनिएको छ त्यसका कोही पनि साथीहरूलाई भ्रममा नपर्न आग्रह गर्दछु।’
एउटा व्यक्तिलाई संस्था मानेर अघि बढ्न नहुने उनले बताए । सरकार देश र जनताको हितमा काम गर्न अग्रसर रहेको बताए ।