काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिको सिफारिस गर्नका लागि अर्थमन्त्री बिष्णुप्रसाद पौडेलेको अध्यक्षतामा सिफारिस समिति गठन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री पौडेलको नेतृत्वमा गठित सिफारिस समितिको सदस्यमा पूर्व गर्भनर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष डा विश्व पौडेल सदस्य रहेका सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङले नियमित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।
त्यसैगरी सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ भने प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।
त्यसैगरी बैठकले मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयलाई शान्तिनगर–प्रतापपुर सडकखण्ड निर्माणको लागि राष्ट्रिय वनको ७।७६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो।
त्यसैगरी बैठकले मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयलाई बारफालाङ्गफेदी झटारे–शान्तिनगर सडकखण्ड निर्माणको लागि राष्ट्रिय वनको ४।५५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ।
त्यस्तै सरकारले मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयलाई गेरुवा सुखानी साहदत स्थल–बारफालाङ्ङ्गफेदी सडकखण्ड निर्माणको लागि राष्ट्रिय बनको २।२१ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने भएको छ।

