काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणको कार्यालयमा तालाबन्दी गरिएको छ । बुधबार दिउँसो प्राधिकरणका कर्मचारीले प्रमुख एवं विकास आयुक्त जानुका ढकाल र नायब आयुक्त नवराज प्याकुरेलको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।
कर्मचारीले संस्थामा कर्मचारी हुँदाहुँदै गैरकानुनी रुपमा करार र ज्यालादारी भर्ना गरिएको, निजामती कर्मचारीबाट कार्यालय सञ्चालन गरिँदै आएको लगायतका विषयमा असन्तुष्टि राख्दै तालाबन्दी गरेका छन्। उक्त कार्यहरू बन्द गरिनुपर्ने भन्दै कर्मचारीहरूले ज्ञापन पत्र ढोकामा टाँसेका छन् ।