काठमाडौं। कैलालीको जानकी गाउँपालिका–६, जगतपुरमा अधुरो स्वास्थ्य चौकी भवन निर्माण हुने भएको छ। सो भवन निर्माण गाउँ कार्यपालिकाको कार्यलय दुर्गौलीले गर्ने भएको हो।
कैलालीको जगतपुरमा हालसम्म पनि कुनै स्वास्थ्य संस्था नभएको कारण त्यहाँका स्थानीयहरुलाई बिरामी पर्दा उपचार गर्न टाढा जानुपर्दा समस्या हुँदै आएको छ। उक्त क्षेत्रमा सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो। ४३ लाख भन्दा बढी लागत अनुमान गरिएको स्वास्थ्य चौकी भवन निर्माणको लागि गाउँपालिकाले बोलपत्र आह्वान गरीसकेको छ।
सो क्षेत्रमा स्वास्थ्य चौकी निर्माण भएपछि त्यहाँका स्थानीयहरुले सहजै स्वास्थ्य सेवा उपभोग गर्न पाउने भएका छन्। स्वास्थ्य चौकी निर्माण भएपछि त्यहाँका कोही पनि नागरीक स्वास्थ्य सेवाबाट बञ्चित हुन नपर्ने गाउँपालिकाको कार्यलयले जनाएको छ। स्वास्थ्य चौकी निर्माण हुने कुराले स्थानीयहरु खुसी भएका छन्।