काठमाडौं। उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरमा निर्माणाधीन ‘क्रिकेट स्टेडियम’ को सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट निरीक्षण गरेका छन् ।
सहरी विकास मन्त्रालयको सिंहदरबारस्थित कार्यकक्षबाटै क्रिकेट स्टेडियमको निरीक्षणपछि समयमै काम सक्न आठ घण्टाका दरले अहिले तिन सिफ्टमा काम भइरहेको जानकारी दिए ।
उनले निर्धारित समयमै सक्नेगरी काम गर्ने व्यवस्था मिलाउन र कामको गति बढाउनुसपर्नेमा जोड दिएका छन् । मन्त्री सिंहले आगामी दिनमा दैनिक नियमित निरीक्षण हुने जानकारी समेत गराए ।
उपप्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कीर्तिपुर क्रिकेट मैदानमा अन्तरराष्ट्रिय मापदण्डअनुरूप प्याराफिट निर्माण र फ्लडलाइट जडान गत फागुनमा सम्झौता भई आगामी वैशाख २४ गतेभित्र सम्पन्न गर्नेगरी काम भइरहेको छ ।